सरकारले लकडाउन अन्त्यको घोषणा गरेलगत्तै समुदाय स्तरमा नै कोरोना फैलिएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संक्रमणको जोखिम बढिरहेको अवस्थामा सरकारले बिना तयारी लकडाउन अन्त्य गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति प्रकट गरेको हो ।
दैनिक संक्रमित भेटिने क्रम पनि नरोकिएको र कोरोनाका कारण मृत्यु हुने मृत्युदर पनि कायमै रहेको अवस्था छ ।