युभेन्टसलाई लगातार नवौं पटक सिरी ए लिगको उपाधि दिलाउन क्रममा रोनाल्डोको भूमीका निकै महत्वपुर्ण रह्यो ।
युरोपका तीन मुख्य लिग खेल्दा तीन वटैबाट उपाधि जितेका रोनाल्डोले करियरमा धेरै उपाधि जितेका छन । जसमा उनले प्रिमियर लिग, ला लिगा, सिरी ए, च्याम्पियन्स लिगको उपाधि जितेका छन ।
मोर्डन फुटबलका स्टार खेलाडीमा मानिने रोनाल्डोले करियरमा हात पारेका उपाधि र खेलेका खेलको संख्याको कुरा गर्दा क्लव फुटबलमा रोनाल्डोले एक हजार १२ खेल खेलेका छन । जसमा सात सय ३५ गोल गर्न सफल भएका छन । त्यसमा उनले २६४ एसिस्ट गरेका छन ।
करियरमा उनले तीन पटक प्रिमियर लिग, एक पटक एफ ए कप, दुई पटक लिग कप, एक पटक कम्युनिटी सिल्डको उपाधि जितेका छन ।
ला लिगा खेल्दा उनले दुई पटक सो लिगको उपाधि जितेका छन भने दुई पटक कोपा डेल रे, दुई पटक स्पेनीस सुपर कप जिते । यस्तै दुई पटक यूइएफए सुपर कप उचाल्न सफल भए ।
प्रिमियर लिग र ला लिगामा हुँदा उनले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जिते भने चार पटक फिफा क्लव विश्वकपको उपाधि जितेका छन । सिरी ए मा उनले दुई पटक लिगको उपाधि जिते भने एक पटक इटालीयन सुपर कप जिते ।
उनले ब्यक्ति गत रुपमा पाँच पटक बलुन डी योर, दुई पटक फिफाको उत्कुष्ट खेलाडी, तीन पटक युरोपियन उत्कुष्ट खेलाडी बने । रोनाल्डो १३ पटक फिफाप्रो विश्व ११ मा पर्न सफल भए भने १४ पटक युरोपियन फुटबल टिम अफ दी इयरमा परेका थिए ।
यस्तै रोनाल्डोले चार पटक गोल्डेन बुट जिते भने दुई पटक इपीएल प्लेयर अफ दी सिजन र एक पटक ला लिगाको उत्कृष्ट खेलाडी र एक पटक सिरी ए को बर्षको उत्कृष्ट खेलाडी बनेका छन । उमेरले ३४ बर्ष पुगेका रोनाल्डो अझैपनि अरु उपाधि जित्ने बताउँदै आएका छन । रोयटर्स