सन्दीप दुई ठूला लिगमा अनुबन्धित : दि हन्ड्रेड बल क्रिकेटमा सन्दीपको पारिश्रमिक झण्डै डेढ करोड

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन र प्रतियोगिताका लागि अनुबन्ध भएका सन्दीपले करिब २ करोड रुपैयाँ पाउने छन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्ने सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् ।

विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलेको यो नै अहिलेसम्मको मंहगो मूल्य हो । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ ।

टि–टेन भने नोभेम्बरबाट शुरु हुनेछ । टि–टेनमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।

 


ताजा खबर