इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा झरेकाे चेल्सीलाई दुई एकले हरायो ।
वेम्ले स्टेडियमा भएको खेलमा चेल्सीले सुरुवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा चेल्सीका क्रिस्टियन पुलिसिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओलिभर जिरुडले दिएको पासमा क्रिस्टियनले गोल गर्न सफल भए ।
११ औं मिनेटमा फेरी क्रिस्टियनको प्रयास विफल भयो । खेलको २५ औं मिनेटमा आर्सनलले गोल गरेको थियो । तर त्यसलाई मान्यता दिइएन । निकोलस पेपेले गोल गरेपनि त्यसलाई अफसाइड दिइयो ।
२७ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । पिएरी एमिरीकलाई चेल्सीका केसरले डिबक्समा फल गरेपनि पाएको पेनाल्टीलाई पिएरीले नै गोल गर्न सफल भए । जसका कारण खेल एक एक गोलको अवस्थामा पुग्यो । त्यसपछि पनि दुबै टिमले दबाव दिएपनि गोल हुन सकेन ।
दोस्रो हाफमा आर्सनलले चेल्सीमाथि दबाव बनाउन सफल भयो । दोस्रो हाफको सुरुवातमा नै दुई वटा मौका सिर्जना गरेको आर्सनलले ६७ औं मिनेटमा गोल गर्न सफल भयो । निकोलस पेपेको पासमा पिएरी एमिरीकले गोल गर्न सफल भए ।
७७ औं मिनेटमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई रेफ्रिले पहेलो कार्ड देखाए । उनले एन्टोनीयो रुडीगेरसँग वादविवाद गरेको भन्दै रेफ्रिले पहेको कार्ड देखाए । एफ ए कपको फाइनलको इतिहासमा प्रशिक्षकले पहेलो कार्ड पाएको यो पहिलो पटक हो ।
७३ औं मिनेटमा चेल्सी १० खेलाडीमा झर्न पुग्यो । उसका कोभासिस दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसको फाइदा आर्सनलले त्यसपछि उठाउन भने सकेन ।
८१ औं मिनेटमा आर्सनलका टामे अब्राहमले हातले बल छोएको भन्दै रेफ्रिले भिडियो एसिस्टेन्ट रेफ्रिको सहायता लिएको थियो । तर कुनै कारवाहि भएन । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र आर्सनलले उपाधि जित्न सफल भयो ।
आर्सनलको यो १४ औं एफ ए कपको उपाधि हो । उसले अन्तिम पटक २०१७ पछि एफ ए कपको उपाधि जितेको थियो । चेल्सी १४ औं पटक फाइनलमा पुग्न छैटौ पटक उपविजेता बनेको छ ।
रोयटर्स