स्तनपान सप्ताहः स्वास्थ्यमन्त्रालयको विज्ञ टोलिद्वारा ॐ अस्पताल निरीक्षण

स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलिले काठमाडौं चावहिलस्थित ॐ अस्पताल काठमाडौंका दुई अस्पताल अनुगमन गरेको छ ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ को कार्यान्वयनको अवस्थाका बारेमा जनप्रतिनिधि तथा विज्ञहरु सहितको टोलीले  निरीक्षण अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ऐनको प्रावधान विपरीतका कैफियतहरु नभेटिएको र अस्पताललाई स्तनपानमैत्री बनाउन सुधार गर्नु पर्ने पक्षहरुका बारेमा अस्पताल प्रशासनलाई निर्देशन दिइएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।

अनुगमन पछिको छलफलका क्रममा प्रतिनिधि सभा सांसद  तथा स्वास्थ्य तथा शिक्षा समितिका सदस्य जिवन राम श्रेष्ठले देश संघियतामा गएसँगै अव स्वास्थ्य क्षेत्रलाई पनि नयाँ ढंगबाट पुनर्संरचना गर्नु अपरिहार्य रहेको र यसमा ॐ अस्पताल जस्ता लामो समयदेखी नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेका अस्पतालहरुलाई पनि समेटेर अघि बढ्नु उपयुक्त हुनेमा जोड दिनुभयो । श्रेष्ठले सबै नेपालीको पहुँचमा स्वास्थ्य उपचार सेवाको पहुँच पुर्याउन निजि क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेलेको कुरालाई सर्हाना गर्दे उहाँले यसकालागि संसदको स्वास्थ्य समितिको तर्फबाट हर तरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरीले ॐ अस्पताल नेपालको अग्रणि निजि स्वास्थ्य सेवा प्रदायक भएपनि समय सापेक्ष प्रविधि र दक्ष जनशक्तिको उपलब्धताले यसलाई निरन्तरता दिन र अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र बिपन्न र स्वास्थ्य सेवामा सहज पहुँच नभएका बर्गलाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो ।

परिवार योजना तथा पोषण शाखा प्रमुख कविता अर्यालले स्तनापानको महत्वबारे चर्चागर्दै ॐ अस्पतालले स्तनपानको प्रवर्धनमा निजि क्षेत्रबाट पुर्याउको योगदानका लागि धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले स्तनपान गराउने आमाकालागि हाल संस्थागत रुपमा उपलब्ध गराइएको ५२ दिनको सुत्केरी बिदालाई अव ९८ दिन सम्म पुर्याउन अझ सकेसम्म यसलाई पूर्ण अवधि ६ महिना १८० दिन नै विदा दिन सके सुनमा सुगन्ध हुने बताउनुभयो ।

 ॐ अस्पतालकी बरिष्ठ वालरोग तथा नवजात शिशु विशेषज्ञ डा. रिता सिंहले बिदा लम्व्याउनु मात्र बिकल्प नभएर कार्यस्थलमा बिशेष किसिमको स्तनपान कक्ष आया र प्ले ग्रुपमा शिशुहरुलाई स्याहार सुसार गर्ने आया सहितको ब्यवस्था गरेर पनि स्तनपानलाई प्रवर्धन गर्न सकिने सुझाउनुभयो ।

ॐ अस्पतालका प्रवन्ध संचालक बाबुकाजि कार्किले धन्यवाद मन्तव्यका क्रममा ॐ अस्पताल मन्त्रालयसँग हर तरहले सहकार्य गरी अघि बढ्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

ॐ अस्पतालका मेडिकल को-अर्डिनेटर डा. विश्वनाथ कोइरालाले मन्त्रालयबाट अनुगमनमा आउनुभएका सबै बिज्ञहरुलाई धन्यवाद दिनुहँदै विज्ञहरुवाट प्राप्त सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दैजाने प्रतिवद्धता जनाउनुभयो ।

ॐ अस्पतालकी मेट्रोन उमा श्रेष्ठले अनुगमन टोलिलाई ॐ अस्पतालमा उपलब्ध नवजात तथा मातृशिशु सेवा र स्तनपान प्रवद्धनमा ॐ अस्पतालले संचालन गरिरहेका कार्यक्रमहरुवारे प्रकाश पार्दै टोलिलाई सहजिकरण गर्नुभएको थियो ।

अनुगमन टोलिमा प्रतिनिधि सभाका सांसद  तथा स्वास्थ्य तथा शिक्षा समितिका सदस्य माननिय जिवन राम श्रेष्ठ,  परिवार कल्याण महाशाखाका निर्देशक डा. भिम सिंह तिंकरी, पोषण शाखा प्रमुख केदार राज पराजुली, परिवार योजना तथा पोषण शाखा प्रमुख कविता अर्याल, लगायतको उपस्थिति रहेको थियो ।

टोलिले यसअघिकाठमाडौंको त्रिबि शिक्षण अस्पताल केएमसी अस्पताल सिनामंगल र परोपकार प्रसुती गृह, थापाथलीको समेत अनुगमन  गरेको  समाचारमा जनाईएको छ ।

स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले संसारभर सन् १९९२ देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाइन्छ । नेपालमा यस बर्ष “स्वस्थ र सुन्दर संसार : स्तनपान एकमात्र आधार” भन्ने मूल नाराका साथ साउन १७ गते देखि २३ गते सम्म विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि मनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Image may contain: 4 people, including बिपिन जंगम, Shushma Shakya and Babu Kaji Karki, people standing


ताजा खबर