कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ४७० जना क्वारेन्टिनमा छन् ।
सक्रिय संक्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । संक्रमित भएर मृत्यु हुनेको सङ्ख्या पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् ।
काठमाडाैं उपत्यकामा ८६ जना संक्रमित भएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् ।
मृत्यु संख्या ६५ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको भिडियो हेर्नुस्ः