प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपचारका लागि काठमाडौंको चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर पुग्नुभएको छ ।
मण्डिखाटार स्थित घरमा आराम गरिरहेका बेला अचानक पेट दुखेपछि उहाँ परिक्षण तथा उपचारकालागि केहिवेरअघि मात्र ॐ हस्पिटलको आकस्मिक उपचार कक्षमा पुग्नुभएको हो ।
कोइरालाको स्वास्थ्य परिक्षण शुरु गरिएको र उहाँको अवस्था गम्भीर नरहेको अस्पताल श्रोतले सफल नेपाललाई बताएको छ।