आज यस वर्षको अन्तिम साउने सोमबार । अन्तिम सोमबार पनि पशुपतिनाथ मन्दिरको ढोका खुलेन । कोभिड–१९ को कारण मन्दिरको सबै ढोका बन्द थिए । साउनको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शिवजीको पूजा आराधना गर्ने भक्तजन पनि विगतका तुलनामा साह्रै थोरै थिए ।