कोरोना संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै उपत्यका प्रवेश गर्ने नाकाहरुका थप कडाई गर्ने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत् गरिने व्यापारलाई भदौ १५ गतेसम्मका लागि रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । रासस