गैरआवासीय नेपाली संघको अध्यक्षमा पन्त १ सय ४७ अन्तरले बिजयी

गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।  कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। पन्तले १२ सय १७ भोट पाएका थिए। अर्का अध्यक्षका प्रत्यासी आचार्यले भने १ हजार ७० भोट मात्र ल्याएका थिए।

त्यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी  र विना थापा  बिजयी भएका छन्। महासचिवमा डाक्टर हेमराज शर्मा, सचिव गौरी जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, सह कोषाध्यक्ष  लोक दाहाल बिजयी भएका हुन्।

अध्यक्षमा निर्वाचित पन्त जर्मनीमा होटल व्यवसाय गरिरहेका छन्। पन्तले अध्ययनका सिलसिलामा बेल्जिमय हुँदै जर्मनीको होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्।

मध्यपूर्वका गैरआवासीय नेपालीहरुलाई मिलाउन नसक्दा आचार्य हारेको विश्लेषण गरिएको छ।


ताजा खबर