‘कोरोनाले नलागे फेरि भेटौंला’

– शोभा शिलवाल

        ढुकुटीमा  धमिरा झैं गरेका छन् चयन

         सुन्नुहोला नेताको गर्छु  बयान ।

         रोग, भोक,शोकले मरेका छन् जनता

         दस अरब खर्च भयो भन्छन यी नेता ।

         करोडौंको रातो कार्पेट विद्यालाई चाहिएको

         जनताले भेन्टिलेटर खोइ त पाएको ?

        सात मैनामा छ अर्बको गाडी चाहियो नेतालाई

        कसले बुझ्छ जनताको पिर व्यथालाई ?

        पन्ध्र हजार लिटरको पानी प्यूने नेताले

         उपचार नपाइ जनता मर्छन् व्यथाले ।

       पन्ध्र हजार चाडबाड भत्ता यी नेताले खानी हो

       बाढी पहिरो  पीडित जन्ता रुँदै कता जाने हो ?

        सिन्धुपाल्चोक पहिरोले मनै हाम्रो रुवायो

        समाचार हेर्दा भावविह्वल सबलाई बनायो ।

          मगन्ते नै बनी आउँछन् भोट माग्न दैलोमा

         बजेट सबै  खाँदा नि  नभरिने यिनको थैलोमा ।

        विकासको आस राखी दिएका  हौँ हाम्ले भोट

        देका छौ नि जनतालाई चोट माथि चोट ।

         डाक्टर ,नर्स ,आर्मी ,पुलिस सबले  काम गरेका

         यिनको मुख मोसी आफ्नै भुँडी भरेका ।

         स्वास्थ्यकर्मी ,प्रहरी हाम्रा जिउका रक्षक

         सरकार यिनी दु :खी हुन्छन् नबन् भक्षक ।

         रगत र पसिनाको मूल्य कहिल्यै नपाउनी

         कहिले होला यी नेतालाई हाम्ले धपाउने ?

          विद्युत् को अफिसमा कूलमान आएका

          जनताले उज्यालोमा बस्न पाएका ।

          राम्रा नेता कूलमान जनताले सोच्दै छन्

          भ्रष्टहरू उनको खुट्टा तान्न खोज्दै छन् ।

          बाढी पहिरो महामारीले  जनता यहाँ मर्दै छन्

         कुकुर र बिरालो झैं नेता लड्दै छन् ।

         जनताको पिर मर्का नेता किन बुझ्दैनन् ?

         अर्कोपल्ट चुनाव आउँछ भन्ने सोच्दैनन् ।

          यो मनमा उर्लेको तिरसना मेटौंला

          कोरोनाले नलागे फेरि भेटौंला ।


ताजा खबर