पछिल्लो २४ घण्टामा मात्रै ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजीत नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५ सय २० जनामा गरिएको परीक्षणमा ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या २७ हजार २ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।यसैगरी आज थप १ सय ६० जना संक्रमण मुक्त भए संगै हाल सम्म १७ हजार ४ सय ९५ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, काठमाडौका १ सय ३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना सहित आज उपत्यकामा थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रबक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी, आज देशभर संक्रिय संक्रमितहरुको संख्या ९ हजार ६ सय ३९ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना रहेका छन् ।
यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय १३ जनाको आइसियुमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा हाल सम्म १ सय ७ जनाको मृत्य भएको छ । मृत्य हुनेमा ८३ पुरुष र २४ महिला रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैबीच, प्रवक्ता प्रा.डा. गौतमले कोरोना भाईरसबाट संक्रमितहरुलाई दुर्व्यवहार नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजीत नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमितहरुलाई हेलाको दृष्टिकोणले हेर्ने र उनीहरुको घरमा पर्चा पम्पलेटहरु टाँस्ने गरेको पाईएको भन्दै यसले संक्रमितलाई निरुत्साहित पार्ने र रोग लुकाउने सम्भावना बढ्ने हुंदा दुर्व्यवहार नगर्न आग्रह गर्नुभयो ।
प्रवक्ता प्रा .डा. गौतमले संक्रमण बढिरहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भएमा कोभिड १९ को प्रोटोकल अनिवार्य पालन गर्नुपर्ने बताउनुभयो ।