नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबार सम्झौता

पाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरेर वायरबार्लीको मोबाइल एप वा अनलाइन पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

जसका लागि वायरबार्ली मोबाइल एप डाउनलोड गर्नपर्ने हुन्छ । वायरबार्लीबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएका १० हजार बढी भुक्तानी काउन्टरहरुबाट समेत प्राप्त गर्न सक्ने छन् ।

यो बैंकको ८२ वटा शाखा र १ सय २४ वटा एटीएम मार्फत सजिलै रकम पठाउन र पाउन सहज हुने विश्वास कम्पनीले लिएको छ ।


ताजा खबर