इरान माथिको राष्ट्र सङ्घीय प्रतिबन्ध पूर्ण रूपले लागु गर्न अमेरिकाको आह्वान

संयुक्त राज्य अमेरिकाले इरान माथिको राष्ट्र सङ्घीय प्रतिबन्ध पूर्ण रूपले लागु गर्न आह्वान गरेको छ ।

इरानले सन् २०१५ मा चीन तथा अन्य पश्चिमा मुलुकहरू सँग गरेको आणविक सम्झौता उल्लङ्घन गरेको भन्दै हात हतियार खरिद बिक्री माथि रोक सहितको प्रतिबन्ध पूर्ण रूपमा लागू गर्न पर्ने अमेरिकाले माग गरेको छ ।

अमेरिकाले १५ सदस्यीय राष्ट्र सङ्घीय सुरक्षा परिषद्लाई प्रतिबन्ध गर्न पत्राचार समेत गरेको छ ।

प्रति उत्तरमा आणविक सम्झौताका पक्षधर मुलुकहरू जर्मनी,फ्रान्स,रुस बेलायत र चीनले अमेरिकाको मागलाई आफूहरूले समर्थन नगर्ने स्पष्ट पारेका छन् ।।

इरानलाई आणविक सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएको अमेरिका सन् २०१८ मै उक्त सम्झौताबाट पछि हटेको छ । – रोयटर्स 


ताजा खबर