११ बीमा कम्पनीहरुको आईपिओ आउदै

 चालू आर्थिक वर्षमा बीमा क्षेत्रको प्राथमिक शेयर (आईपीओ) उल्लेख्य संख्यामा आउने भएको छ ।

हालसम्म नेपाल पुनर्बीमा कम्पनी सहित ३ बीमा कम्पनीले आईपीओ निष्काशन गरिसकेको भएपनि अझै बाँकी रहेका ९ वटा जीवन बीमा कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनीको आईपीओ आउने भएको छ ।

नौ वटा जीवन र दुई निर्जीवन बीमा कम्पनी गरी ११ बीमा कम्पनीहरुले यस वर्ष ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् ।

जीवन बीमातर्फ ५ अर्ब ६५ करोड रूपैयाँ र निर्जीवन बीमातर्फ ६० करोड रूपैयाँ बराबरको आईपीओ आउन लागेको हो ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकाले बीमा कम्पनीहरुको आईपीओ निकाष्शन हुन लागेको हो ।

रिलायन्स लाइफले बिहिबारदेखि बिक्री सुरु गरिनै सकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स ,ज्योति लाइफ, युनियन लाइफ,यसैगरी रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स,सन नेपाल लाइफले निर्जीवन बीमा कम्पनीको ६० करोड रूपैयाँको आईपिओ आउने प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रियामा जुटेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुतर्फ सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको ६० करोड रूपैयाँ बराबरको आईपीओ आउने भएको छ । –रासस


ताजा खबर