सरकारले सहमतिको बाटो बन्द गरेकोले मुलुक जटिलता तर्फ धकेलियो– डा कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिति आए पनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफू सत्यको बाटोमा हिँडिरहेको बताउॅदै डा कोइरालाले भने-“जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनि सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनि डगमगाउॅने छैन। यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो।”

नेपाली कांग्रेस मोरङ् क्षेत्र नं-६ (ख) ले विराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा डा कोइरालाले सरकारले नै सहकार्य र सहमतिको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए । उनले भने-” राष्ट्रियता र लोकतन्त्र बलियो बनाउँने कार्यका लागी कांग्रेसले सहकार्य र सहमतिको ढोका सधै खुला राखेको छ।”

कार्मायक्रममा प्रदेश-१ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेश-१ का प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनीतिक दलका नेता लगायतको समेत सहभागिता रहेको थियो ।


ताजा खबर