इटालियन इन्टर मिलानले यूरोपा लिगको उपाधिका लागि आज स्पेनिस क्लब सेभियासँग प्रतिश्पर्धा गर्दैछ। राति पौने एक बजे हुने फाइनलमा यी दुई टीम पहिलो पटक प्रतिश्पर्धा गर्नेछन्।
सेभिया यूरोपको बलियो टीम हो। यूरोपा लिगको फाइनलमा ६ पटक पुगेको सेभियाले पाँच पटक उपाधि जितेको छ। सेभिया धेरै पटक उपाधि जित्ने टीम समेत हो।
तर, यसपटक सेभियालाई पराजित गर्दै उपाधि जित्ने बलियो तयारी गरेको म्यानेजर एन्टोनियो कोन्टे बताउँछन्। “यो सिजन हाम्रो लागि राम्रो बन्दै आएको छ। टीममा महत्वपूर्ण सुधार भएको छ”, कोन्टे भन्छन्। यसपटक मिलान अपराजित यात्रामा छ। यो सिजनको पाँच वटै खेल जितेको मिलान आज हुने फाइनल पनि जित्ने आत्मविश्वासमा छ।
तर, सेभिया पनि आफ्नो इतिहास कायम राख्न चाहन्छ। नकआउट चरणमा अपराजित रहँदै आएको सेभियाले बेन्फिकासँग २०१५ मा बराबरी खेलेको थियो।
२००६, २००७, २०१४, २०१५ र २०१६ मा उपाधि जितेको सेभिया छैटौं पटक च्याम्पियन बन्ने तयारीमा छ। तर, त्यसका लागि बेल्जियम स्टार रोमेलु लुकाकू तगारो बन्न सक्छन्। “फाइनल निकै प्रतिश्पर्धात्मक हुनेछ, सेभिया बलियो टीम हो”, कोन्टे भन्छन्।