तीन भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

भारतका तीन कम्पनीले नेपालका लागि कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि राम्देसिविर वितरण गर्न थालेका छन् ।

कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रूपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय औषधि उत्पादक कम्पनी म्यालन, किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने छन् ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा सिसीको माग भएको थियो ।

कोभिड१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको छ । –एनडिटिभी


ताजा खबर