- ज्वाला ढकाल
म एक स्वास्थ्यकर्मी
कोरोना बिरुद्ध रणभुमिमा
होमिदै गरेको एक सिपाहि
आफुलाई मृत्युको मुखैमा राखि
तिमीलाइ जिबन दिन
तिम्रा घाउमा मलम लगाउन
संसार मस्त निदाइरहदा
भोक प्यास निद्रा र
आफु स्वयंलाइ भुलाइ
सेवामा तल्लिन
मेरा भावनाहरुलाइ कुल्चिने
के साँच्चै तिमी आफुलाई
मानव ठान्छौ?
खै देश कुन दिशा तर्फ गैरहेछ
मानबमा मानवता हरायको जस्तो
नैतिकता मेटिएको जस्तो
नमिठो आभास भैरहेको छ
विश्वलाई शिथिल पार्नेगरि
कोरोनाले जुन वितन्डा मच्चाइरहेको छ
म त्यहि विषाणुसँग
तिमीलाई बचाउन
अग्रपङ्तिमा खटिरहेछु
मेरो सुरक्षा खै ?
मेरो मनोबल बढायको खै ?
म जस्को हितको निम्ति लडिरहेछु
उसले बुझेको खै ?
जो आफ्नै हितको निम्ति अग्रमोर्चामा लडिरहेछन्
उनै युद्धरत सिपाहिको हित बिपरित लाग्नेहरु
मेरा अथवा हामी स्वास्थ्यकर्मीहरुका बिरुद्ध लाग्नेहरू
के यिनिहरु जनद्रोहि होइनन् ?
यि जनद्रोहिहरु कारबाहिको लायक छैनन् ?
सिभिल सर्भिस हस्पिटलमा कार्यरत नर्सले कोभिड-१९ को महामारी र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हुने गरेको र भइरहेको अप्रिय व्यवहारमाथि प्रहार गरि लेख्नुभएको समसामयिक र प्रतिकारात्मक कविता ।