जर्मन फुटबल च्याम्पियन वायर्न म्युनिखले युरोपेली क्लवहरुहरुको फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि छैठौं पटक जितेको छ ।
फ्रान्सेली क्लव क्लब प्यारिस सेन्ट जर्मन-पीएसजीलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै वायर्नले उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा किङस्लेकोमानले निर्णायक गोल गरे ।
यो जितसंगै वायर्न युरोपियन कप वा च्याम्पियन्स लिगको ११ वटा खेलमा पूर्ण रुपमा जित गर्दै गर्दै उपाधि जित्ने पहिलो क्लव पनि बनेको छ ।
पोर्चुगलको लिज्बोनमा भएको फाइनल खेलमा कोम्यानले ५९औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । वायर्नसँगको पराजयले क्लब स्थापनाको५० वर्षमा पहिलो पटकच्याम्पियन्स लिगको फाइनलमा पुगेकोपीएसजी उपाधि जित्नबाट भने चुकेको छ । -रोयटर्स