उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइयो

उपत्यकामा भदौ ३ गतेदेखि जारी भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको को छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो ।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । कोरोनाको संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकोले यसलाई रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

No photo description available.

No photo description available.


ताजा खबर