काठमाडौंका ३०१ सहित थप ८८५ मा कोरोना पुष्टि : ११ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका ८८५ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पीसीआर परीक्षणबाट आएको नतिजा बमोजिम ८८५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा भाइरसबाट सङ्क्रमित हुने ३४ हजार ४१८ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ हजार २५३ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल १४ हजार ७३९ जना आइसोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दिनुभएको छ ।

पप्छिल्लो चौबीस घण्टामा ३८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।


ताजा खबर