एनआईसी एशिया बैंकको ‘सुपर सिक्स योजना’सार्वजनिक

एनआईसी एशिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय सम्मको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले १५ हजारभन्दा बढी क्यूर आर मर्चेन्टमार्फत विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना भाइरसको परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न प्रोत्साहन लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिल लगायतका घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ ।

यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश भने नगरिएको बैंकले जनाएको छ ।


ताजा खबर