एडीबीले नेपाल सरकारलाई २३ अर्ब ८८ करोड रुपैयाँ ऋण सहयोग गर्ने

 एसियाली विकास बैक (एडीबी)ले नेपाल सरकारलाई २३ अर्ब ८८ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

दक्षिण एसियाली प्रसारण लाइन विस्तारका लागि एडीबीले सो ऋण सहयोग गर्ने भएको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा सचिव शिशिर कुमार ढुंगाना र एसियाली विकास बैकका नेपालस्थित प्रमुख मुख्तोर खमुद खमोदले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार विकास बैक मार्फत नै नर्वे सरकारले पनि सोही आयोजनाका लागि ४ अर्ब १८ करोड रुपैया सहयोग गर्ने भएको छ ।

सम्झौतापछि अर्थमन्त्रालयका सचिव ढुंगाना र एडीबीका नेपाल प्रमुख खमोदले नेपालको विद्युत प्रसारण क्षमता विस्तारमा अहिलेको सम्झौता फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । -रासस


ताजा खबर