~विपिना उपाध्याय
दिनहुँ संक्रमण बढिरहेका बेला
आफ्नै ज्यान जोखिममा राखी
पहिलो पंङ्तिका सिपाही मानिने हामी
जो शिर उठाएर लड़न तयार छौ
अरूलाई जीवनदान दिन तम्तयार छौं
तर आज तिमी नै हामी समाजमा नबसोस् भन्ने चाहन्छौ
ए! मुर्ख समाजवासी
यदी प्रसंशा गर्न सक्दैनौ भने अपमान पनि नगारिदेउएका बिहानै ९ नै नबजी हस्ङयाङ फस्याङ गर्दै हिडेको म
न त खानापिनाको कुनै ठेगान छ
न आनन्द को सुस्केरा नै लिन पाउँछु
न त पिपिई को कुनै राम्रो ब्यवस्था छ,
न भेन्टिलेटर को नै
केवल एउटा मास्क र ग्लोभ्स को भरमादिनरात, घर परिवार नभनी खटिरहेदापनि
आफ्नो ज्यानको आहुती दिँदा दिँदैपनि
किन यति धेरै अपहेलना
ए! मूर्ख समाजबासी
यदि प्रशंसा गर्न सक्दैनौ भने अपमान पनि नगारी देउराति जब थकित भएर कोठा फर्किन्छु
तिमी ६-७ जना मान्छे बाटुलेर,
टोलबाट डा. निकालने अभियान संचालन गर्छौ
आझै उफ्रि उफ्रि नारा लगाउछौ
“डा. ले अस्पतालबाट भाईरस ल्याउछन्
अनि हाम्रो समाज तहसनहस बनाउछन्”
कठै! म कठै! मेरो लाचारी पन
स्तब्ध बनाउँछ तिम्रो अबोधपनले
भाइरस हामीले होइन तिमी स्वयंले फैलाइरहेको छौ
मानासिक रोगबाट त तिमी दिन प्रतिदिन ग्रसित बन्दैछौ
उल्टै हामी तिमीजस्तै बन्छ्यौ की भनेर भयभित हुदैछौं
अरे! मुर्ख समाज बासी
यदि प्रशंसा गर्न सक्दैनौ भने अपमान पनि नगारी देउए! आँखामा अहङ्कार र अभिमानका पट्टी बाँधेका दुष्टहरू
विरोध त यस्तरी गरिरहेका छौ कि मानौं,
आउँदो ७पुस्तासम्म तिमीलाई हाम्रो खाँचो पर्दैन
जुन रफ्तारमा भाइरस बढिरहेको छ नि
त्यो भन्दा कयौं गुना त तिम्री दानवता बढ्दो छ
दया लाग्छ तिम्रो रणनीति देख्दा
जीवनदान दिने डा लाई समाज बाट निकाल्दा
यस्तै पारा हो भने त भोलि कुन नैतिकताले तिमी हामी कहाँ आउँछौं
आज मास्कले अनुहार ढाकेका छौ,
भोलि कसरी भेन्टिलेटरमा आमनेसामने गर्छौ
किन यस्तो आत्मीयता नै गिर्ने काम गर्दैछौ
आखिर कस्तो समाजको निर्माण गर्न लागिरहेका छौ तिमी
जहाँ ु्वास्थ्यकर्मीलाई फूलमाला, टिका लागाएर सम्मान गर्नुपर्नेमा
तिमी छिः छिः र दूरदूर गर्दै समाजबाट पन्छाउँछौ
आज समाजबाट, भोलि देशबाट निकाल्लाउ
किन, जहिल्यै वाहवाहिको सट्टा अपमानको भागिदार बनाउँछौ
धिक्कार छ तिम्रो मानवताप्रति
यदि यस्तो बेलामा सम्मान गर्न सक्देनौ भने
बिन्ती मलाई दूर्व्यवहार पनि नगरि देउ।