नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २०७ पुग्याे

कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ९ जना पुरुष र ३ महिलाको मृत्यृ भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौ, भक्तपुर, ललितपुर र पर्सामा २–२ जना, सिराहा, गोरखा, कास्की र पाल्पामा १–१ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५ सय १६ जनामा परिक्षण गर्दा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष गरी ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३७ हजार ३ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज काठमाडौँमा १ सय ५५ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १२ जना गरी उपत्यकामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार धनकुटा, काभ्रे, दाङमा १९–१९ जना, झापा र बाँकेमा २०–२० जना, बारा र बैतडीमा २१–२१ जना, महोत्तरी र बझाङमा २६–२६ जना, धाधिङ र मकवानपुरमा ९–९ जना, नवलपरासी र सुर्खेत १०–१० जना, सर्लाहीमा ८३ जना, पर्सामा ७३ जना, धनुषामा ४९ जना, चितवनमा ५७, मोरङमा ३१, लमजुङमा २९ जना, सुनसरीमा २४ जना, जनकपुरमा २३ जना, सिराहमा २२ जना, कञ्चनपुरमा १७ जना, रुकुम पूर्वमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवासभा, कास्की, दार्जुलामा ३–३ जना, सप्तरी र कपिलवस्तूमा २–२ जना, इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिममा १–१ जना र रौतहटमा ५ जनामा संक्रमण भएको छ ।

आज थप ३ सय १३ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या २० हजार ५ सय ५५ जना पुगेकोे मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

यसैगरी आज देशभर संक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।

यस्तै संक्रमितमध्ये १ सय ७५ जनाको आइसियुमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर