उपत्यकामा ४२९ सहित २२१ जनामा कोराना संक्रमण

कोराना भाइरसको सङ्क्रमणका कारण आज थप चार महिलासहित १४ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या दुई सय २१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज थप चार महिला र १० जना पुरुष गरी १४जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सुनसरीकी ७४ बर्षीया महिला, बाराकी ४७ बर्षीया महिला, महोत्तरीकी ६२ बर्षीया महिला र काठमाडौँकी ७२ बर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै गरी सुनसरीका ६० बर्षीय पुरुष, मोरङका ६२ बर्षीय पुरुष, महोत्तरीका ७० र ३५ बर्षीय पुरुष, रौतहटका ३० बर्षीय पुरुष , ललितपुरका २९ बर्षीय पुरुष, भक्तपुरका ६५ बर्षीय पुरुष , नवलपरासीका ६२ बर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ बर्षीय पुरुषको मृत्यु भएको हो ।


ताजा खबर