‘यो दिन’

  • ज्वाला ढकाल

उदासिनताले मन चिसियको दिन

उत्साह उमंग अनि रहर हरायको दिन

खुशिका रंगहरु उडेको दिन

मेरा विचारहरुबाट तिमी मेटिन खोजेको दिन

मेरै भावनाहरुमा तिमी छरपस्ट छरिएको दिन

साच्चै भनुत तिमी लाई समेट्न नसकेको दिन

सम्बन्धको आकार उडेको दिन

प्रेमको उपेक्षा भयको दिन

आखाभरि छचल्किने प्रेम रित्तियको दिन

अस्तायको सुर्य जस्तै एकाएक तिमी हरायको दिन ।।

मन भरिएर पनि आशु खस्न नसकेको दिन

तितो यथार्थले चिमोटिरहेको दिन

जिबनको रस रित्तियको दिन

खुशिका रंग सिद्धिएको दिन

नयनै भरी भएर पनि

तिमी याद बनेर पछ्याएको दिन ।।

लडेर आफै उठ्न नसकेको दिन

प्रेम आफै गरेतापनि

नियन्त्रण तिमिमा छ भन्ने आभाष भएको दिन

यो दिन।।


ताजा खबर