सरकारले पेट्रोलको मूल्य फेरी २ रुपैँया बढायो

सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । आज आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जनाएको छ ।


ताजा खबर