ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
जस अनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दती खातामा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।