विशेष विधिपूर्वक तयार पारिईएको भगवान अनन्तको स्वरुपमा रहेको धागोलाई विशिष्ट प्रकारले वैदिक मन्त्रद्वारा पण्ति पुरोहितले पूँजा गरेपछि घरका सवै व्यक्तिले सो धागो आ–आफ्नो बाहुलीमा धारण गर्ने चलन रहेको छ ।
महाभारतमा पाण्डवहरूले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै गरेको बेलामा भगवान श्रीकृष्णको सल्लाह अनुसार अनन्त चतुर्दशीकका दिन ब्रत गरेपछि सवै प्रकारको कष्टहरु समाप्त भएको धार्मिक विश्वास रहेको छ ।
आजको दिन रुवा, रेशमको डोरा वा कुशले बनाएको चौधवटा गाँठो भएको अनन्तको निर्माण गरी पुरुषले दाहिने तथा नारीहरूले देब्रे बाहुलिमा अनन्त धारण गर्ने चलन छ । अनन्तलाई रक्षा कवचको रुपमा मानिने भएकाले कतिपयले वर्ष भरिनै बाहुलीमा राख्ने गरेका हुन्छन् ।
यस पर्वमा कुनै सामाजिक धार्मिक उत्सव हुँदैन । अग्नि पुराणमा यसको वर्णन रहेको छ । तर भगवान अनन्तको विधि पूर्वक पूजा गरेर कथा सुनाएर भगवान अनन्तको रुपमा रहेको विशिष्ट धागोलाई पूजा गर्ने चलन रहेको छ ।
पूजा विधि सम्पन्न भएपछि विभिन्न प्रकारको प्रसाद सामाग्रीहरु तथा सम्बन्धित व्यक्तिको अनन्त प्रदान गर्ने चलन रहेको छ । जनकपुरधामको राममन्दिरमा विगत वर्षहरुमा अनन्त पूजाको विषेश भिडभाड हुने गरेकोमा यस पटक कोरोनाका कारणले सामान्य रुपमा मनाउने काम भएको छ ।