काठमाडौंमा १५ दिनदेखि जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।
गृह मन्त्रालयको सुझावका आधारमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । भदौ ३ गतेदेखि सुरु गरिएको निषेधाज्ञा भदौ १० गते पुनः थप गरिएको थियो ।
अत्यावश्यक सेवालाई भने सुरक्षा सर्तकता अपनाउँदै सुचारु गर्ने अनुमति यथावत् रहेको छ ।