बुधबार नेप्से सूचक १.७२ प्रतिशतले बढेर ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
बुधबार शोयर बजार २५.५८ अंकले बढेर १ हजार ५१० विन्दुमा पुगेको र कारोबार रकम समेत बढेर ४ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । पछिल्लो पटक २०७६ फागुन २० गते नेप्से १५०९ विन्दुमा बन्द भएको थियो ।
बुधबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेशनल लाइफको १६ करोड ५१ लाख, नेपाल लाइफको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
कोरोनाको कारण लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा शेयर बजारमा लगानी बढेको विज्ञहरु को भनाई छ ।