काठमाडौँ । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरुको सरुवा गरेको हो ।
मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम बहादुर कुरुम्वाङलाई स्याङजामा सरुवा गरेको छ भने स्याङजाका कोशहरि निरौलालाई गुल्मि सरुवा गरेको छ । कुरुम्वाङको ठाउँमा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाएको छ ।
त्यसैगरी गुल्मिका सिडिओ यदुनाथ पौडेललाई दार्चुला सरुवा गरेको छ भने दार्चुलाका सिडिओ शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाएको छ ।