प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।
सिंगापुरमा उपचार गराएर फर्किएपछि उनले पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । उनी शुक्रबार विहान धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । उनी शुक्रबार साँझ नै घर फर्किएका हुन् ।
फलोअप रिपोर्ट आउन बाँकी नै रहेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बताइन् ।
उनी सिंगापुरमा उपचार गरेर भदौ २० मा स्वदेश फर्किएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी नियन्त्रण गरी उपचार गरिएको थियो ।