इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा कोलकाता नाइटराइडर्ससँग राजस्थान रोयल्स पराजित भएको छ ।
युएईको दुबई क्रिकेट स्टेडियममा कोलकाता नाइटराइडर्सले ३७ रनले पछि पार्दै राजस्थान रोयल्सलाई पराजित गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा आफ्नो ६ विकेट गुमाउँदै १७४ रन बनाउन सफल भएको थियो ।
१७५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको राजस्थानले आफ्नो २० ओभरको पारीमा ९ विकेट गुमाउँदै १३७ रनमा समेटिएपछि यो जित कोलकाताको हातमा गएको हो ।
कोलकाताका शिवम माभिले आफ्नो चार ओभरमा २० रन दिएर २ विकेट लिन सफल भएपछि म्यान अफ द म्याच घोषित भएका थिए । दुई खेलमा जित हासिल गरेको राजस्थानको यो पहिलो हार हो ।
आज साँझ मुम्बई इन्डियन्स र किङ्स इलेभेन पञ्जाव शेख जायद स्टेडियममा खेल्दैछन् । –एएनआई