देशभर मौसममा सामान्य बदली : कतिपय ठाउँमा पानी पर्ने

देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मुलुकभरको मौसममा सामान्य वदली भएको हो  ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने आंशिक बदली रहने महाशाखाले जनाएको हो।

मौसम विश्लेषण 

उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।

हालको मौसमको अवस्था 

हाल देशका पहाडी भू-भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १८ गते (आईतबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

उल्लेखनीय चेतावनी छैन। –रासस


ताजा खबर