उपत्यकाका १,१७७ सहित २,१२० जनामा कोरोना पुष्टि

उपत्यकामा आज एक हजार एक सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार एक सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक हजार एक जना, ललितपुरमा एक सय नौ जना र भक्तपुरमा ६७ जना गरी आज उपत्यकामा थप एक हजार एक सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर सात सय ६६ जना महिला र एक हजार तीन सय ५४ पुरुष गरी दुई हजार एक सय २० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८४ हजार पाँच सय ७० पुगेको छ ।

त्यस्तै आज देशभर आज दुई हजार ४४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ६२ हजार सात सय ४० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

 कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या पाँच सय २८ पुगेको छ ।

मृत्यु हुनेहरुमा सुनसरीकी २८ बर्षीया महिला, चितवनकी ७६ बर्षीया महिलाको मृत्यु भएको हो भने ललितपुरका ६७ बर्षीय पुरुष, काठमाडौँका ८३ , र ६८ बर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ बर्षीय पुरुष, दोलखाका, ६५ बर्षीय पुरुष, कैलालीका  ७९ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर