सगरमाथाको काखमा गल्फ

काठमाडाैँ– सगरमाथा क्षेत्रको चार हजार दुई सय ५० मिटर उचाइमा रहेको कोङ्देरीमा र तीन हजार आठ सय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको छ।

बाह्रखरी मिडियाकाे आयाेजनामा भएकाे खेलमा प्रतिकूल मौसमका बाबजूद कोङ्देरीमा ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए।

बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको आयाेजक बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले दाबी गरे। आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भएपनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भएको थियो।

प्रतियोगिता दुई चरणमा हुनेछ। बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन्।

दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिए।


ताजा खबर