आज ३,४३९ मा कोरोना पुष्टि : संक्रिय संक्रमित २६,६८४

 आज देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले कोरोना संक्रमण फैलन नदिन हरेक व्यक्तिले आ आफ्नो क्षेत्रबाट जिम्मेवार र संवेदनशील हुन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभर १८ हजार ४ सय ७३ जनामा रियल टाइम पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ६१ महिला र दुई हजार आठ सय तीन जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको प्राध्यापक डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै आज काठमाडौँ  जिल्लामा मात्र ७ सय ९९ महिला र  एक हजार दुई सय ८६ पुरुष गरी हालसम्मकै धेरै सङ्ख्या २ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ सय २० र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौँ उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको  छ ।

यस्तै आज मोरङमा २ सय ४९, सुनसरीमा २ सय १४, रुपन्देहीमा एक सय ९९, सुर्खेतमा एक सय ६, मकवानपुरमा एक सय ५, कैलालीमा ७५, धादिङमा ७१, चितवनमा ६९, बाँकेमा ५७, झापा र दाङमा ५५/५५ जना संक्रमित छन् भने बाँकी जिल्लामा ५० भन्दा कम सङ्ख्या संक्रमित भेटिएका छन् ।

यस्तै आज थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

आज थप १२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या ५ सय ९० पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

संक्रमण कारण काठमाडौँ र चितवनमा ३/३ जना, सुनसरी, धनुषा, भक्तपुर, ललितपुर, कास्की र सुर्खेतमा १/१ जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर ७५ जिल्लामा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १४ हजार ९ सय ६७ जना होम आइसोलेसन र ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण भएका २ सय ३५ जना आइ.सी.यु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले काठमाडौँ उपत्यकामा संक्रमण दर तिब्र वृद्धि भएको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्डहरू पूर्ण रूपमा पालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले काठमाडौँमा एक हप्ताको अवधि भित्रै १० हजार बढी संक्रमित भेटिएको हुँदा विभिन्न स्थानबाट उपत्यका भित्रिएका मानिसहरूले २ हप्ता सम्म क्वारेनटाइनमा बसेर मात्र काममा फर्कन आग्रह गइनुभयो ।


ताजा खबर