प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको जीवन रक्षाका निम्ति क्रियाशील रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली संघले आज काठमाडौंमा आयोजना गरेको दोस्रो ज्ञान सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को प्रभावका कारण खाद्यान्न आपूर्तिमा कुनै समस्या नआएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले कोभिड १९ को महामारीका कारण उत्पन्न समस्या भए सरकार सहयोग गर्न तत्पर रहेको पनि बताउनुभयो ।
जहाँ रहे पनि सबै नेपालीबीच एकताको जरुरी भएको भन्दै प्रधानमन्त्री ओलीले सरकार गैरआवासीय नेपालीसँग सहकार्य गरेर अघि बढ्न चाहेको विचार व्यक्त गर्नुभयो ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विश्व ज्ञान सम्मेलनल विदेशमा रहेका नेपालीले आर्जन गरेका ज्ञान, सीप र अनुभव स्वदेशको समृद्धिका लागि लगानी गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
पाँच दिने विश्व ज्ञान सम्मेलनमा विभिन्न ३० देशका एकसय भन्दा बढी विश्वविद्यालय सहभागी रहेका छन् ।