ब्रोइलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएको छ ।
उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।
लागत मूल्य प्रतिकिलो २०५ पर्ने गरेको ब्वायलर कुखुरा बिक्री हुन छाडेपछि कृषकहरु आधा मूल्यमा बिक्री गर्न बाध्य भएकोे नेपाल ब्रोइलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलले बताउनुभयो ।
चितवनमा प्रतिकिलो रु २०० र काठमाडौँमा रु २२० दररेट राखेर मूल्य सार्वजनिक गरिएको भएपनि धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै बिक्री गर्ने गरेका नेपाल ब्रोइलर कुखुरापालक किसान सङ्घले जनाएको छ ।
काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ ।
देशभर एक सयदेखि १० हजारसम्म ब्रोइलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी रहेका छन् ।