इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई सात विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२५ रन बनायो ।
चेन्नाईको सुरुवात भने निकै कमजोर देखियो । ५६ रनमा चार विकेट गुमाएको चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सर्वाधिक ५१ रनको साझेदारी गर्दै टिमको स्कोर १०० प्लस कटाएका थिए ।
चेन्नाईका लागि साम करन र फाफ डु प्लेसिसले ओपनिङ गरेका थिए । १३ रन हुँदा चेन्नाईले प्लेसिसको विकेट गुमाएको थियो । उनी व्यक्तिगत १० रन बनाएर आउट भए ।
त्यसपछि क्रिजमा आएका सेन वाट्सन पनि व्यक्तिगत ८ रन जोडेर पभेलियन फर्किए । साम करन तेस्रो विकेटको रुपमा आउट हुँदा चेन्नाईको स्कोर ५३–३ रहेको थियो । उनी २२ रन बनाएर आउट भएका हुन् । चौथो विकेटको रुपमा अम्वाती रायडू पभेलियन फर्किएका थिए । रायडूले १३ रन बनाएर आउट भएका थिए ।
महेन्द्र सिंह धोनी र रविन्द्र जेडेजाले टिमको स्कोर १०० रन कटाए । धोनी २८ रन बनाएर रन आउट हुन पुगे ।
अन्तिमसम्म क्रिजमा रहेका रविन्द्र जडेजा ३५ रनमा नटआउट रहे । यसैगरी केदार जाधव पनि ४ रनमा नटआउट रहे । राजस्थानका लागि राहुल तेवटिया, श्रीयस गोपाल,कार्तिक त्यागी र जोफ्रा आर्चरले एक एक विकेट लिए ।
राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।
यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।
चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।