कुमार पौडेलको मृत्यु दोहोरो भीडन्तमा भएको होईन : मानवअधिकार आयोग

काठमाडौं, ४ कात्तिक । सर्लाहीमा प्रहरीसँग मुठभेडमा मारिएका भनिएका कुमार पौडेलको बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पौडेलको निधन दोहोरो भीडन्तमा नभएको निश्कर्ष निकालेको छ । पौडेल विप्लव समूहका सर्लाही इन्चार्ज थिए ।

प्रहरीले पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको दाबी गर्दै आएको छ । तर, आयोगले भने उनको मृत्यु दोहोरो भीडन्तामा नभएको ठहर गरेको छ । सर्लाहीमा निकै लोकप्रिय रहेका पौडेल गत असार ५ गते लालबन्दीमा प्रहरीको गोलीबाट मारिएका थिए ।

आयोगले प्रहरीले गम्भिर लापरवाहीगरेको निश्कर्ष निकाल्दै घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ । आयोगको निर्णयमा लेखिएको छ,‘दोहोरो भिडन्तमा होइन । अनावश्यक बल प्रयोग गरेर मारिएको हो भन्ने निष्कर्षमा आयोग पुगेको छ ।’


ताजा खबर