कोभिड-१९को कन्ट्याक्ट ट्रेसिङमा परेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस पनि क्वारेन्टिनमा

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. अडानोम टेड्रोस गेब्रियसस क्वारेन्टिनमा बस्नुभएकाे छ । आफूसँग सम्पर्कमा रहेका व्यक्तिमा कोभिड–१९ पोजिटभ देखएिपछि आफू क्वारेन्टिनमा बसेको टेड्रोसले जानकारी दिनुभएको छ । 

सोमबार बिहान ट्विटरमाफर्त उहाँले आफू कन्ट्याक्ट ट्रेसिङमा परेको जानकारी दिनुभएको हो । आफूमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको र विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार घरमै क्वारेन्टिनमा बसेको उहाँले जानकारी दिनुभएको छ । क्वारेन्टिनबाटै काम गर्ने पनि डा.टेड्रोसले जानकारी दिनुभएको छ । 

काेराेना भाइरस  प्रसारको श्रृंखलालाई रोक्न सबै स्वास्थ्य मापदण्ड पालना गर्न अति जरुरी भएको उहाँले बताउनुभएको छ । स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरेर मात्रै कोभिड–१९ भाइरसलाई दवाउन सकिने र स्वास्थ्य प्रणालीको रक्षा गर्न सकिने महानिर्देशक डा. टेड्रोसको भनाइ छ । 


ताजा खबर