~ शोभा शिलवाल
नयाँ नक्सा कहाँ गयो ?
पुरानो नै हुने भए के तमासा देखाको हो ?
चुच्चे नक्सा नहुने भए l
के मा बिक्यौ सरकार ?
तिम्रो हुर्मत कता गयो ?
‘र अ’ को भेटघाटपछि रुझेको बिरालो सरी किन भयौ ?
कूटनीतिक हैसियतकहाँ गयो ?
जनता झुक्याउने खेल भयो
पच्चीस अर्ब ऋण अनुदान तलबभत्ता मै स्वाहा भयो l
महामारीमा तलबभत्ता नीतिगत भ्रष्ट्राचार हो
श्रमिक मजदुरका पेटमा लात्ती मारेकै हो l
दण्डहीनताले सीमा नाघ्यो ,जनताले न्याय माग्ने कहाँ ?
सतीले सरापेको देशमा सच्चा न्यायमूर्ति छन् र कहाँ ?
जहिले पनि नभरिने भुँडी , कोरोना उपचार यिनकै नि :शुल्क
जनताले बाँच्ने भए ,कोरोना उपचार गर्छन् सशुल्क l
ओहोदाको दुरुपयोग जति गरे नि हुँदो रहेछ
शिलान्यास गरेको फोटो पनि यिनलाई चाहिँदो रहेछ l
टेकु अस्पतालमा ५० हजार धरौटी राखेर उपचार अरे
विचरा गरिब धरौटी राख्न नसकी कति मरे मरे?
पूर्व राज्यमन्त्री ,वडा सचिव जुवाखालमा रमाउँँदै
बिचरा लाखौँलाख जनता बसेका छन् भोको पेट समाउँदै l
अनेक पार्टी आ- आफ्नै गुट छ धनी र पदवालाले जे गरे नि छुट छ l
कुर्ची र पदका लागि कुकुर र बिरालो सरी
यी नेता कति लड्न सकेका घरीघरी l