आइपीएल : हैदरावाद प्लेअफमा, कोलकाता बाहिरियो

इन्डियन प्रिमियर लिगमा शिर्ष स्थानको मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै हैदरावादले प्लेअफमा स्थान बनाएको छ । उसले रनरेटका आधारमा शिर्ष तीन स्थान बनाउन सफल भयो । हैदरावादको जितले कोलकाता लिग चरणबाट बाहिरीएको छ भने बैंग्लोर चौथो टिमका रुपमा प्लेअफमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो ।

मुम्बई यसअघि नै क्वालिफायरमा पुगिसकेको टिम हो भने प्ले अफमा पुग्नका लागि हैदरावादलाई आज जित्नै पर्ने दवाब छ ।

घाइते भएपछि पहिलो पटक मैदान उत्रिएको मुम्बईका कप्तान रोहित शर्मा ४ रन बनाएर आउट भए । मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । सूर्यकुमार यादवले ३६ रन बनाउँदा ईशान किशनले ३३ तथा क्वीन्टन डि कक २५ रनमा पभेलियन फर्किए ।

हैदरावादका सन्दीप शर्माले तीन विकेट लिँदा जेशन होल्डर र सहवाज नदीमले दुई दुई विकेट लिए । राशिद खानको नाममा एक विकेट रह्यो ।

जवाफमा हैदरावादले १७ ओभर एक बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उत्कृष्ट ब्याटिङ गरेको हैदरावादका लागि कप्तान डेविड वार्नर र रिद्धमान शाहले सहजै टिमलाई जित दिलाए । जसमा वार्नरले ८५ रन बनाए भने शाहले ५८ रनको योगदान गरे ।

जारी आइपीएलमा हैदरावादले १० विकेटको जित निकालेको यो पहिलो पटक हो ।


ताजा खबर