उपत्यकाका १,३३८ सहित थप २,९०९ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।

आज एकै दिन ४ हजार ५ सय जना संक्रमण मुक्त भएपछि निको हुनेको कूल संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८० दशमलव ९५ पुगेको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप २ हजार ९ सय ९ जनामा संक्रमित भएका छन् ।

आज १० हजार १ सय ५३ वटा नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ३३ जना महिला र १ हजार ७ सय ७६ जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौमा १ हजार ३० जना भक्तपुरमा १ सय २१ जना र ललितपुरमा १ सय ८७ जना गरी उपत्यकामा मात्रै १ हजार ३ सय ३८ जना संक्रमित थपिएका छन् ।

नेपालमा हाल सम्म १ लाख ८८ हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।

आज देश भरमा गरी जम्मा ३४ हजार ९ सय ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौमा १५ हजार १, ललितपुरमा २ हजार २ सय २६ र भक्तपुरमा १ हजार २ सय ४२ जना गरी काठमाडौ उपत्यकामा मात्रै १८ हजार ४ सय ६९ जना अर्थात् कूल सक्रिय संक्रमितको ५२ दशमलव ९१ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी आज थप १८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर