अमेरिकामा राष्ट्रपतीय चुनाव विजेतालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।

ट्वीटमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “सानदार र ऐतिहासिक विजयका लागि तपाईहरुलाई बधाई छ, नयाँ नेतृत्वसँग नजिकबाट दुई देशको दुई पक्षीय हितका लागि काम गर्न आशा व्यक्त गर्दछुँ ।” सार्वजनिक भएको परिणामअनुसार रिपब्लीकका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक उम्मेदवार वाइडनले पराजित गर्नुभएको छ ।


ताजा खबर