भाईटीकाको साईत सोमबार ११ः ३७ बजे

भोलीको भाइटीकाको उत्तम साइत मंसिर १ गते ११ः३७ बजे रहेको छ ।

मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश,अभिजित् मुहूर्तको शुभसाइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।


ताजा खबर